काठमाडौँ – राजधानीमा जारी एभरेष्ट प्रिमियर लिग ईपीएल अन्तर्गत आज बिहान भएको खेलमा पोखरा राईजोजले जित हात पारेको छ । २० ओभरको खेललाई ७ ओभरमा घटाएर भएको खेलमा पोखराले ललितपुर पेट्रियर्सलाई ९ विकेटले हराएको हो ।
कीर्तिपुरको त्रिवि मैदानमा भएको खेलमा ललितुरले दिएको ५२ रनको लक्ष्य पोखराले एक विकेटको क्षतिमा ६.३ ओभर खेल्दै भेटाएको थियो । उसका लागि लिचर्ड लेभिले सर्वाधिक अभिजित ३८ रन बनाएको थियो । रीत गौतमले १४ बल खेल्दै १२ रन बनाउँदा सहान अरचिङ्गेले १ रन बनाएको थियो । बलिङतर्फ ललितपुरका अजमतुल्लाह ओमरजाईले एक विकेट लिए ।
ललितपुरले निर्धारित ओभरमा ६ विकेट गुमाएर ५१ रन बनायो । ललितपुरका लागि सान्दुन विराक्कोदीले १९ रन बनाए । बलिङतर्फ पोखराका नन्दन यादवले तीन, विक्रम सोबले दुई र केसरिक विलियम्सले एक विकेट लिए ।
प्रतिक्रिया