राजनीति

मन्त्रिपरिषद् विस्तारलगायतका विषयमा प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच छलफल


काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मन्त्रिपरिषद विस्तारलगायत समसामयिक विषयमा छलफल भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार देउवा र प्रचण्डबीच छलफल भएको हो ।

मन्त्रालय भागबन्डाको विषयमा छलफल भएको बताइएको छ । माओवादीको स्थायी कमिटी बैठकमा मन्त्रीको विषयमा छलफल हुनुअघि प्रचण्डले देउवासँग छलफल गर्नुभएको हो । कांग्रेसका सभापति देउवा असार २९ गते प्रधानमन्त्री बने पनि अझै मन्त्रिपरिषदलाई पूर्णता दिनुभएको छैन् । देउवाले कांग्रेसबाट तीन मन्त्री र एक राज्यमन्त्री तथा माओवादी केन्द्रबाट दुई मन्त्री बनाउनुभएको छ ।

गठबन्धनका चार दलबाट मन्त्री बनाउँदै मन्त्रिपरिषदलाई पूर्णता दिने तयारीमा देउवा रहनुभएको छ । गठबन्धनको एक दल राष्ट्रिय जनमोर्चाले भने सरकारमा सहभागी नहुने बताइसकेको छ ।