राजनीति

थप तीन जिल्लाको कांग्रेस क्रियाशील सदस्यता सार्वजनिक, अब पाँच जिल्लाको बाँकी


काठमाडौँ – नेपाली कांग्रेसमा पाँच जिल्लाको मात्रै क्रियाशील सदस्यता सार्वजनिक हुन बाँकी रहेको छ । मंगलबार थप तीन जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक भएसँगै अब पाँच जिल्लाको मात्रै सदस्यता टुंग्याउन बाँकी रहेको हो ।

कैलाली, सर्लाही र धनुषाको क्रियाशील सदस्यता सार्वजनिक भएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । यससँगै ७२ जिल्लामा क्रियाशील सदस्यता विवाद टुंगिएको हो । अब रसुवा, सप्तरी, रौतहट, बारा र पर्साको क्रियाशील सदस्यता सार्वजनिक हुन बाँकी रहेको छ । कांग्रेसमा १४औं महाधिवेशन अन्तर्गत स्थानीय अधिवेशन भइरहेका छन् । कांग्रेसले २१ हिमाली जिल्लामा दशैं अघि जिल्ला अधिवेशन सम्पन्न गर्ने निर्णय गरिसकेको छ । कांग्रेसको केन्द्रीय महाधिवेशन मंसिर ९ देखि १३ गतेसम्म काठमाडौंमा हुने छ ।