राजनीति

माधव नेपाल अस्वस्थ, कोरोनासँग मिल्दोजुल्दो लक्षण


काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालको स्वास्थ्यमा समस्या देखिएको छ ।
नेपालसहित उनकी पत्नी गायत्रीको स्वास्थ्यमा समेत समस्या देखिएको छ । कोरोनाको जस्तो लक्षण देखिएकाले नेपालदम्पती होम आइसोलेशनमा बस्नुभएको छ ।
नेपालको स्वास्थ्यमा समस्या देखिएपछि पार्टी र गठबन्धनका काम उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेलगायतका नेताहरूले व्यवस्थापन गरिरहेको नेपालको सचिवालयले जनाएको छ ।