देश

मिथिलाञ्चलमा जितिया पर्व मनाइँदै‚ प्रदेश २ मा सार्वजनिक बिदा


काठमाडौँ – तराई क्षेत्रका महिलाहरूले आज जितिया पर्व मनाउँदै छन् । थारु तथा मिथिलाञ्चलका महिलाहरूले तीन दिनसम्म मनाइने जितियाको आज मुख्य दिन हो ।

सन्तानको दीर्घ जीवन, पारिवारिक सुख शान्तिका लागि जितिया पर्व मनाइने धार्मिक सांस्कृतिक मान्यता रहेको छ । जितिया पर्वको अवसरमा प्रदेश २ सरकारले आज सार्वजानिक बिदा दिएको छ । जितिया पर्वको अवसरमा राष्ट्रपति विद्यादेवि भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा लगायतले शुभकामना दिनुभएको छ । उहाँहरुले जितिया पर्व नेपालको एक विशिष्ठ पहिचान भएको औल्याउनुभएको छ ।