राजनीति

संविधानको मर्मविपरीत कार्य हुँदा पनि सञ्चारमाध्यम मौन रहेको ओलीको आरोप


काठमाडौँ – एमाले अध्यक्ष केपी शर्मा ओलीले देउवा नेतृत्वको सरकारलाई सञ्चारमाध्यमको खबरदारी नपुगेको टिप्पणी गर्नुभएको छ ।
विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँगको अन्तरक्रियामा बोल्दै ओलीले संविधान मिचिँदा पनि सञ्चारमाध्यम मौन देखिएको गुनासो गर्नुभयो । ओलीले सरकारले गल्ती नगरोस् भन्नका लागि खबरदारी आवश्यक रहेको बताउनुभयो ।

ओलीले दल विभाजनका लागि ल्याएको अध्यादेश पनि संविधानको मर्मविपरीत हुँदा पनि सञ्चारमाध्यम चुप लागेर बसेको आरोप लगाउनुभयो ।