राजनीति

माओवादी नेता वर्षमान पुन कमलपित्तको उपचार गर्न थाइल्याण्ड प्रस्थान


काठमाडौँ – माओवादी केन्द्रका नेता वर्षमान पुन थप उपचारका लागि थाइल्यान्ड जानुभएको छ । पत्नी तथा पूर्वसभामुख ओनसरी घर्तीका साथ पुनः आज बिहान बैंकक जानुभएको हो ।

लामो समयदेखि कमलपित्तबाट पीडित पुनलाई पछिल्ला केही दिनदेखि समस्या देखिएको थियो । पुनलाई कमलपित्तको मात्रा बढेको, बान्ता हुने र ज्वरो आउनेजस्ता समस्या देखिएपछि ललितपुरस्थित सुमेरु अस्पतालमा उपचार गरिएको थियो । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलगायतका नेताहरूको सल्लाहमा पुनः थप उपचारका लागि थाइल्यान्ड जानुभएको हो ।