राजनीति

संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै के भने परराष्ट्रमान्त्री खड्काले ? (भिडियोसहित)


काठमाडौँ –संयुक्त राष्ट्रसंघको ७६औँ महासभा यतीवेला चलीरहेको छ । जसमा नेपालको बलीयो उपस्थीति देखिएको छ । नेपालका तर्फवाट महासभाको नेतृत्व परराष्ट्रमन्त्री डा. नारायण खड्काले गरिरहेका छन् । मंगलबार विहान सम्बोधन गर्ने क्रममा मन्त्री खड्काले कोभिड महामारीदेखि जलवायु संकट र अफगानिस्तानदेखि म्यान्मारसम्मका घटनामा नेपालको धारण विश्व समुदाय माझ प्रस्तुत गरे ।

संयुक्त राष्ट्रसंघीय महासभाको ७६औँ सभालाई नेपालका नवनियुक्त परराष्ट्रमन्त्री डा. नारायण खड्का मंगलबार विहान सम्बोधन गरे । अमेरिकाको न्यूयोर्कमा सम्बोधन गर्ने क्रममा नेपालका परराष्ट्रमन्त्री खड्काले कोभिड महामारीदेखि जलवायु संकट र अफगानिस्तानदेखि म्यान्मारसम्मका घटनाक्रमबारे बोलेका छन् । महासभाको अन्तिम दिन सम्बोधन गरेका उनले कोभिड संकटले विश्वमा संरचनागत कमजोरी र स्वास्थ्य अपर्याप्तको संटलाई प्रथाकिता दिए । धेरै मानिसहरू आधारभूत नागरिक अधिकारबाट वञ्चित रहेका देशमा त्यो अझ प्रस्टसँग देखिएको उनको धारणा छ ।

अफगानिस्तानमा सत्ता परिवर्तनसँगै विकसित पछिल्लो अवस्थालाई मन्त्री खड्काले आफूहरूले समेत चासोका साथ हेरेको महासभालाई बताए । अफगानिस्तानमा तालिबानको आगमन आन्तरिक विषय भएको उनको धारण छ । मन्त्री खड्काले अफगानिस्तान, लिविया लगायत द्वन्द्वग्रस्त मुलुकको स्थायित्व आफ्नै अन्तरिक विषय भएको पटक पटक दोहोर्याए । यद्यपि उनले आणविक हातहतियारको होडबाजी र आतंकवाद मानव अस्तित्वको शत्रु भएको उल्लेख गर्दै नेपालले त्यसको विरोध गरिरहेको पनी स्पस्ट पारे ।

जलवायु परिवर्तनको विषय पनि उठाएका मन्त्री खड्काले सर्वोच्च शिखर सगरमाथासहित अग्ला हिमालहरूको देशका रूपमा आरोहीहरूलाई त्यहाँ चढ्न स्वागत गरिने तर उनीहरूले त्यहाँबाट फोहोर बोकेर फर्कने विषयमा आरोहीहरूसँग सहकार्यको अपेक्षा गरे । हिमालसँग जोडिएका नेपाल नदीहरू विश्वको पाँच भागको एक भागको दिगोपनासँग जोडिएको बताउँदै उनले नेपाल जलवायु परिवर्तनको मारमा रहेको गुनासो गरे ।