राजनीति

क्यूआर कोड लाइसेन्स परीक्षण कालिन विकल्प, क्यूआर कोड लाइसेन्सको वास्तविकताके हो ? (भिडियोसहित)



काठमाडौँ – सरकारको स्मार्ट लाइसेन्स योजना लाखौं सवारी चालकका लागि निल्नु न ओकल्नु बनेको छ । लाखौा सर्वसाधारण बर्सौदेखि लाइसेन्सको प्रतिक्षामा छन । यही समस्यालाई समाधान गर्न भन्दै सरकारले क्यूआर कोड लाइसेन्स विकल्पका रुपमा अगाडि बढाएको छ ।

यकिन तथ्याङ्क नभए पनि यातायात व्यवस्था विभागका अनुसारकागजी र स्मार्ट लाइसेन्स गरी अन्दाजी ३२ लाख लाइसेन्स वितरण भएको अनुमान छ । मुख्यत नक्कली लाइसेन्सको समस्या समाधान गर्दै यातायात क्षेत्रलाई प्रविधिमैत्री बनाउन २०७२ मंसिर देखि स्मार्ट वितरण सुरु गरेको थियो ।

हालसम्म नवीकरण र नयाँ गरी २० लाख ८७ हजार बढी स्मार्ट लाइसेन्स प्रिन्ट भईसकेको छ । प्रिन्ट भएकोमध्ये अधिकांश वितरण भइसेका छन भने कतिपय स्थानमा वितरण जारी छ भने ७ लाख बढि सर्वसाधरण बसौैदेखि स्मार्ट लाइसेन्सको प्रतिक्षामा छ ।तर अझै पालो आएको छैन । सवारी चालकहरु राजस्व तिरेको रसिद बोकेर यात्रा गर्न बाध्य छन ।

स्मार्ट लाइसेन्स वितरणमा ढिलाई हुने देखिए पछि सरकारले नयाँ योजना कार्यन्वयनमा ल्याएको छ । देशभर क्यूआर कोड सहितको परीक्षणकाल लाइसेन्स वितरण सुरु गरिएको छ । के हो त क्यूआर कोडको व्यवस्था ?

स्मार्ट लाइसेन्स योजना नागरिकको नभई सरकारी संयन्त्रको आर्थिक हिनामिना गर्ने कुदृष्टिका ल्याइएको योजना भएको यस क्षेत्रका जानकारहरु बताउँछन् । क्यूआर कोड योजना पनि कुनै न कुनै लोभबाट पे्ररित भएको तर क्यूआर कोड भने उपभोतmामैत्री नै रहेको कतिपयको तर्क छ ।
स्मार्ट लाइसेन्सको सट्टा क्यूआर कोड लाइसेन्स दिन लागेको खबरको खण्डन गर्दै यातायात व्यवस्था विभागले अब नयाँ सवारी चालकहरुले ट्रायल पास गरे लगत्तै राजस्व तिरेपछि क्यूआर कोड लाइसेन्स पाउने जनाएको छ, जुन एक वर्षको परीक्षणकालका लागि हुनेछ ।

क्यूआर कोड सहितको लाइसेन्सका लागि सवारी चालकहरुले थप शुल्क तिर्न पर्ने छैन । त्यसको खर्च सरकारले नै व्यहोर्ने बताएको छ । स्मार्ट लाइसेन्सको आक्रोश थाम्न नसकेर विकल्पमा क्यूआर कोड लाइसेन्स विकल्प ल्याएको सरकारी योजना कतिको प्रभावकारी हुन्छ तत्काल भन्न सकिन्न । कार्यान्वयन पक्ष सक्षम रहेयसले उपभोतmालाई झन्झटबाट मुतm गराउने निश्चीत छ ।