राजनीति

राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता भएसँगै मन्त्रिपरिषद् विस्तारको तयारीमा प्रधानमन्त्री देउवा


काठमाडौँ – राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता भएसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा जुट्नुभएको छ । देउवाले आजै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेपनि सत्ता गठबन्धनका दुई दलहरु नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले मन्त्रीको टुंगो लगाउन नसकेपछि भोलि मात्र मन्त्रिपरिषद् विस्तार हुने बताइएको छ ।

सरकारले सोमबार राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गरिसकेको छ । सत्तारुढ गठबन्धनमा मन्त्रीहरुको संख्यामा भने सहमति भइसकेको छ । कांग्रेसले प्रधानमन्त्रीसहित ७ मन्त्री, माओवादी केन्द्रले ६ मन्त्री, नेकपा एसले ६ मन्त्री र जसपाले ६ मन्त्री पाउने दलहरुबीच सहमति भएको बताइन्छ ।