काठमाडौँ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ३८३ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा काठमाडौँमा २७०, भक्तपुरमा ४४ र ललितपुरमा ६९ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
पछिल्लो २४ घन्टामा मुलुकभर थप १ हजार १५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधिमा मृत्यु हुनेको संख्या १२ जना रहेको छ।
प्रतिक्रिया