काठमाडौँ – जनकपुरधामको एक कपडा पसलमा आगलागी हुँदा करोडौं रुपैया क्षति भएको छ ।
जनकपुरधाम उपमहानगरपालिका ९ स्थित रामानन्दचोकदेखि बाह्रबिघातर्फ अवस्थित महारानी बस्त्रालयमा भएको आगलागीमा करोडौ रुपैया बराबरको धनमाल जलेर नष्ट भएको धनुषा प्रहरीले जनाएको छ ।
स्थानीय उमाकान्त चौधरीले आफ्नै घरमा सञ्चालन रहेको सो महारानी वस्त्रालयमा आगलागी हुँदा करिव २ करोड बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरिक्षक जितेन्द्र बस्नेतले जानकारी दिएका छन् ।
आगलागीको कारण खुल्न नसकेको र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय धनुषाले जनाएको छ ।


प्रतिक्रिया