देश

बारामा पौडी खेल्ने क्रममा डुबेर एक जनाको ज्यान गयो


काठमाडौँ – पौडी खेल्ने क्रममा डुबेर एक जनाको ज्यान गएको छ । बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१ बस्ने ४३ वर्षीय भगवान काजी कार्कीको ज्यान गएको हो ।

जीतपुर सिमरा उपमहानगरपालिका– १५ स्थित बेंगे खेला पुल नजिकै सिंचाईका लागि बनाईएको ड्याममा पौडी खेल्ने क्रममा डुबेर उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो । उनी मंगलबार बिहान साढे ११ बजेतिर पौडी खेल्नका लागि ड्याममा पसेका थिए । सोही क्रममा उनी डुबेका हुन् ।

इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी टोलीले स्थानीयको सहयोगमा कार्कीको शव ड्यामबाट बाहिर निकालेका थिए । घटनास्थल लास जाँच मुचुल्का लगायत अन्य अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।