राजनीति

देउवालाई ओलीको सन्देश : संसद्को मानमर्दन गर्दै अध्यादेश खारेज गर्नु बदनियतपूर्ण भयो


काठमाडौँ – प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीले संसद्को मानमर्दन गर्दै राष्ट्रपतिमार्फत राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गरेकोमा आपत्ति जनाएका छन् ।

मंगलबार बिहान कानुन, संसदीय तथा न्याय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसँगको भेटमा अध्यक्ष ओलीले उक्त अध्यादेश सरकारले असंवैधानिक, षड्यन्त्रपूर्ण र बद्नियतपूर्ण तरिकारले जारी गरेको पुष्टि भएको बताएका हुन् ।

ओलीको सचिवालयले जारी गरेको प्रेस विज्ञप्तिमा ओलीले कानुनमन्त्री कार्कीमार्फत प्रधानमन्त्रीलाई पठाएको सन्देशमा मध्यरातमा संसद् बन्द गरेर बिहानै अध्यादेश ल्याउने काम प्रमुख प्रतिपक्षी दलकोविरुद्धको षड्यन्त्र भएको बताइएको छ ।