Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

मनोरञ्जन

हास्य सिरियल ‘डोन्ट माइन्ड ल’ प्रसारणमा


काठमाडौँ – विभिन्न हास्य सिरियलहरुको भीडमा अर्को एउटा फरक हास्य सिरियल ‘डोन्ट माइन्ड ल’ प्रसारणमा आएको छ । सञ्चारकर्मीसमेत रहेका कालाकार सन्तोष खनालको लेखन तथा निर्देशनमा फरक स्वाद चखाउने हास्य टेलिसिरियल ‘डोन्ट माइन्ड ल’ दर्शकहरुमाझ आएको हो ।

यो हरेक हप्ताको शुक्रबार राति ९ बजे सुबिशा क्रियशन युट्यूब च्यानल र गोर्खा टेलिभिजनमा प्रशारण हुन्छ । यसको पहिलो भाग गएको शुक्रबार प्रशारण भइसकेको छ ।

अखिल बास्तोलाको छायांकन रहेको यस हाँस्य टेलिसिरियलमा बाल कलाकार सुयशा खनाल छिन् । यसैगरी कञ्चन खड्का, श्रीना नेपाल, दिवाकर घिमिरे, सुमन सागर जङ्ग केसी, ठाकु गुरुङ, अर्जुन आचार्य, गौरव जङ्ग थापा, मोनिका राय र कविता गेलाल छन् ।

आयुभ बास्तोला र सुजन पौडेलले सम्पादन गर्दै आएका यस हाँस्य सिरियलले सामाजिक, राजनीतिक तथा समसामयिक बिषयमा व्यङग्य गर्ने निर्देशक सन्तोष खनालले बताउनुभयो ।