समाचार

एशियन लाइफ इन्स्योरेन्सबाट मृत्यु दावी भुक्तानी


काठमाडौँ – एशियन लाइफ इन्स्योरेन्स कम्पनी चाबहिल शाखाले मृत्यु दावीको ७ लाख १८ हजार १८५ रुपैयाँ भुक्तानी गरेको छ । कोरोना संक्रमणका कारण ज्यान गुमाएका गोकर्णेश्वार नगरपालिका – ६ का बिमला योङगाको परिवारलाई उक्त रकम हस्तान्तरण गरेको हो ।

एशियन लाइफ इन्स्योरेन्स कम्पनी चाबहिल शाखामार्फत निजको बसोबस रहेको स्थानमा आयोजित एक कार्यक्रमबीच मृत्यु दाबी रकम हस्तान्तरण गरिएको हो ।

उक्त मृत्यु दाबी रकम एशियन लाइफ इन्स्योरेन्स कम्पनीका सहायक महाप्रवन्धक तथा बागमती प्रदेश प्रमुख लोक राज जोशीको उपस्थितीमा हस्तान्तरण गरिएको हो ।

मृतक योङगाको श्रीमान् देवेन्द्र योङगालाई मृत्यु दाबी बापतको चेक प्रदान गरिएको एशियन लाइफ इन्स्योरेन्स कम्पनी कम्पनी चाबहिल शाखाका प्रवन्धक अशोक गिरी जानकारी दिनुभयो । योङगाले सुखी जीवन बीमा गरेको शाखा प्रवन्धक गिरीले बताउनुभयो । योङगाको गत वैशाख २७ गते निधन भएको थियो ।

उनको कोरोना भाइरस (कोभिड–१९) संक्रमण भइ उपचारको क्रममा निधन भएको थियो । मृतक योङगाको श्रीमान्, दुई छोरा र एक छोरी छन् ।