समाचार

रुपन्देहीमा ट्रकले ठक्कर दिंदा आमा-छोराको मृत्यु


काठमाडौँ – पूर्व-पश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको सैनामैनामा ट्रकले ठक्कर दिँदा आमाछोराको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बुद्धनगरमा ना ८ ख ४४११ नम्बरको ट्रकले ठक्कर दिँदा २ जनाको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ ।

मृत्यु हुनेमा सैनामैना ५ का ४२ वर्षीया राधा भट्टराई र २२ वर्षीय महेश भट्टराई रहेको प्रहरीले जनायो। उनीहरु आमाछोरा हुन् । उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बुद्धनगरको प्रतिक्षालयमा गाडी कुरेर बसेका उनीहरुलाई पश्चिमबाट आएको ट्रकले ठक्कर दिएको स्थानीयले जानकारी दिएका छन् ।