राजनीति

सरकारले नेपाललाई नै कालोसूचिमा पार्ने प्रयास गरिरहेको छ : खगराज अधिकारी


काठमाडौँ – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद खगराज अधिकारीले सरकारले नेपाललाई नै कालोसूचिमा पार्ने प्रयास गरिरहेको आरोप लगाउनु भएको छ । सरकारले ल्याएको बजेट अध्यादेश प्रतिस्थापन विधेयकमा लुटिएका करिव २१/२२ अर्ब कालोधनलाई बैधानिकता दिने गरी प्रावधान ल्याएको भन्दै उहाँले अब नेपाललाई नै सरकारले कालोसूचिमा पार्ने प्रयास गरिरहेको आरोप लगाउनु भएको हो ।

सोमबार प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा उहाँले संचारकर्मीमाझ भन्नु भयो, ‘हुँदाहुँदा लुटिएका झण्डै–झण्डै २१/२२ अर्व अन्तराष्ट्रिय कानुन समेत, आतंककारी कानुन समेत आकर्षित हुने कानुनलाई समेत उलंघन गरेर यो देशलाई नै कालो सूचिमा पार्ने गम्भिर बाटोमा सरकार गईरहेको छ ।’

सांसद अधिकारीले सरकारले दलीय व्यवस्थालाई नै समाप्त पार्न अवरुद्ध संसदलाई सूचारु गराउन पहल नगरेको तर्क समेत गर्नुभयो ।