Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

देश

जितिया पर्वमा प्रदेश २ सरकारद्वारा महिलालाई सार्वजनिक विदा


काठमाडौँ – प्रदेश २ सरकारले जितिया पर्वमा महिलालाई सार्वजनिक विदा दिएको छ । असोज १३ गते बुधबार मधेसका महिलाहरुको ठूलो पर्व जितियाको अवसर पारेर महिलाहरुलाई सार्वजनिक विदा दिएको हो । मुख्यमन्त्री लालबाबु राउतले सोमबार जितिया पर्वको शुभकामना दिँदै असोज १३ गते महिलाहरुलाई सार्वजनिक विदा दिने जानकारी दिनुभयो ।

मुख्यमन्त्री राउतले जितिया पर्वको अवसरमा सन्तानप्रति आमाको स्नेह झल्काउने यस पर्वले प्रदेशभरि नै आस्था र प्रेम कायम गरोस् भनी शुभकामना दिनुभएको छ । जितिया पर्व सोमबारदेखि शुरु भएको छ ।

मंगलबार बिहानीपख आँगनमा घिरौलाको पातमा दही र केरा चढाएपछि यो ब्रत शुरु हुन्छ । यो ब्रत शुरु भएपछि महिलाहरु निराहार रहने गर्छन् । मंगलबार बिहानदेखि शुरु हुने उपवास बुधबार साँझ ५ बजेर १५ मिनेटसम्म कायम रहनेछ ।