Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

गण्डकी प्रदेश

पोखरामा चाडपर्व लक्षित यात्रु सहायता कक्षा सञ्चालनमा


काठमाडौँ – जिल्ला प्रहरी कार्यलय कास्की र जिल्ला ट्राफिक प्रहरी कार्यलय कास्कीको समन्वयमा चाडपर्व लक्षित यात्रु सहयता कक्षा सञ्चालनमा ल्याएको छ । चाडपर्वका समयमा यात्रुहरुको आवगमनमा सहजीकरण गर्ने उदेश्य सहित पोखराको पृथ्बीचोक बसपार्क र बागलुङ बसपार्कमामा सोमबारदेखि यात्रु सहायता कक्षा सञ्चालनमा ल्याएको जिल्ला ट्राफिक प्रहरी कार्यलयले कास्कीले जनाएको छ । यात्रु सहयता कक्षा मार्फत यात्रु तथा सर्वसाधारणले आफ्नो समस्याहरु समधानका लागि प्रहरीसँग समन्वय गर्न सक्ने छन ।

यात्रु सहायता कक्षा मार्फत चाडपर्वको नाममा बढि भाडा असुल गर्ने, यात्रुहरुलाई ठग्ने, यात्रुहरुको सर–सामानहरु हराउने जस्ता कार्यहरुको रोकथाम तथा नियन्त्रण हुने उपेक्षा गरेको जिल्ला ट्राफिक प्रहरी कार्यलय कास्कीका प्रमुख अमृत बहादुर बस्नेतले जानकारी दिनुभयो । छठसम्म सञ्चालन हुने यात्रु सहायता कक्षालाई प्रभावकारी बनाउन १÷१ जना ट्राफिक प्रहरी र जनपथ प्रहरी खटाईने छ भने यातायात व्यवसायीहरुको तर्फबाट पनि एक जना स्वंमसेवक खटाउने भएको छ । साथै चाडपर्वको अबधिमा चालक तथा परिचालक, यात्रु तथा सर्व९साधारणहरुलाई लक्षित गरि चाडपर्वमा हुने सवारी दुर्घटना एवं कोभिड ९१९ को संक्रमणलाई न्युनिकरणका लागि यात्रुसँग १ मिनेट कार्यक्रम,मास्क बितरण,अनुगमन तथा कारबाही जिङगल तथा माईकिङ जस्ता कार्यक्रमहरु अझ प्रभावकारी बनाउने जनाएको छ ।