देश

राष्ट्रियसभाबाट बजेट सम्बन्धी दुई विधेयक पारित


काठमाडौँ – सोमबार बसेको राष्ट्रियसभाको बैठकले प्रमख प्रतिपक्ष दल नेकपा एमालेको बिरोधका बीच आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ बहुमतले पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले एमालेको बिरोधका बीच आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ माथि दफाबार छलफल अगाडि बढाउँदा कुनै पनि सांसद्ले छलफलमा भाग नलिएपछि विधेयक बहुमतले पारित भएको हो ।

प्रतिनिधिसभाबाट पारित भएपछि राष्ट्रियसभामा पठाइएका यी दुई विधेयकलाई राष्ट्रियसभाले पुनः पारित गरी प्रतिनिधिसभामै पठाएको हो ।