विदेश

स्वीट्जल्याण्डमा जनताको ऐतिहासिक निर्णय, समलैंगिक विवाहलाई मान्यता


काठमाडौँ – आइतबार स्वीटजरल्याण्डमा जनताले ऐतिहासिक निर्णय लिँदै समलैंगिक जोडीलाई विवाहको अनुमति दिएका छन् । ६४.१ प्रतिशत मतदाताले यो निर्णयको समर्थन गरे र आफ्नो मत पनि यसै आधारमा दिए ।

यो निर्णयसँगै स्वीट्जरल्याण्ड पश्चिमी युरोपका थुप्रै अन्य देशका समान समलैंगिक जोडीलाई यो अधिकार दिने निर्णय गरेको छ । हुन त यसअघि सन् २००७ मा नै स्वीटजरल्याण्डमा समलैंगिक जोडीलाई सँगै बस्ने अधिकार दिइसकेको थियो । यस्तोमा अब समलैंगिक जोडीलाई थप अधिकार प्रदान गर्दै विवाह गर्ने अनुमति दिइसकेको छ ।

यो निर्णयलाई समर्थन गर्ने मानिसहरु अब कानूनी रुपमा समलैंगिकहरुले ती विभिन्न अधिकार प्राप्त गर्नेछन् जसबाट उनीहरु पहिला वञ्चित थिए । अब उनीहरुले धर्मपुत्र, धर्मपुत्री राख्न पाउनेछन् र उनीहरुलाई नागरिकता पनि दिइनेछ ।