काठमाडौँ – राजधानीमा जारी चौथो सस्करण्काको एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटमा आज पनि दुई खेलहरु हुँदैछन् ।
पहिलो खेलमा बिहान साढे ९ बजे विराटनगर वारियर्स र काठमाडौँ किङ्ग्स ११ खेल्ने छ भने दोस्रो खेल दिउँसो साढे १ बजे भैरहवा ग्लाडियटर्स र चितवन टाइगरर्स खेल्ने छन् ।
काठमाडौँ आज दोस्रो जितको खोजीमा हुने छ भने विराटनगर पहिलो जितको खोजीमा हुनेछ । अङ्क तालिकामा २ अङ्क जोडेको काठमाडौँ शीर्ष स्थानमा छ भने अङ्कविहीन रहेको विराटनगर पाँचौं स्थानमा छ । दोस्रो जितको खोजीमा रहेको चितवन २ अङ्कका साथ तालिकाको दोस्रो स्थानमा छ । यस्तै, भैरहवा एक अङ्कका साथ तालिकाको तेस्रो स्थानमा छ । यसअघि हिजो भएको खेलमा चितवन टाइगर्सले विराटनगर वारियर्सलाई हराएको थियो भने भैरहवा ग्लाडियटर्स र पोखरा राइनोजले अङक बाँडेका थिए ।
प्रतिक्रिया