राजनीति

स्यानेटरी प्याडमा कर सम्बन्धी विवाद : के हो वास्तविकता ? (भिडियोसहित)

स्यानेटरी प्याडको मूल्य बढेकै हो ?


काठमाडौँ – केहि दिन देखि सडकमा स्यानेटरी प्याड आयातमा कर बढाएको भन्दै विरोध जारी छ । सरकारले उतm विरोधको खण्डन गर्दै स्यानेटरी प्याडमा कर नबढाएको स्पष्ट पारेको छ । बजारमा भने अधिकांश स्यानेटरी प्याडको मुल्य खासै बढेको छैन । माग बढी भएका केहि स्यानेटरी प्याडमा भने कम्पनिले नै मुल्य बढाएर पठाएको व्यवसायीहरुको भनाई छ ।

नेपालमा स्यानेटरी प्याडलाई लिएर मुल्य घटाउनुपर्ने देखि निशुल्क वितरण हुनुपर्नेसम्मका बहस धेरै पुरानो हो । महिनावारीको समयमा महिलाहरुले प्रयोग गर्ने स्यानिटरी प्याडमा कर बढाएको भन्दै रातो कर माफ गर नारा सहित केहि अभियन्ता सडकमा ओर्लिए पछि पुन स्यानेटरी प्याडका बारेमा बहस सुरु भएको छ । शुक्रबार अर्थमन्त्री जनार्दन शर्माले स्यानिटरी प्याडमा कर बढाएको आरोपको खण्डन समेत गरेका छन ।

यता बजारमा पनि स्यानेटरी प्याडको मुल्य खासै वृद्धि भएको देखिन्न । बजारमा चर्चा भए जस्तो स्यानेटरी प्याडको मुल्य वृद्धि नभएको औषधि व्यवसायीहरु बताउँछन । स्यानेटरी प्याडको मुल्य विगत केहि वर्षदेखि उस्तै छ । धेरै माग बढेका कम्पनीको प्याडमा भने केहि महिनादेखि कम्पनिबाटै मुल्य बढाएर पठाएको व्यवसायीहरु बताउँछन ।

यता अभियन्ताहरु भने सरकारले प्रतिस्थापन बजेट मार्फत स्यानेटरी प्याडमा कर बढाउने सुचना पाएपछि नै आफुहरु विरोधमा ओर्लिएको बताउँछन । सर्वत्र विरोध भएपछि सरकारले प्रस्ताव अगाडि नबढाएको उनीहरुको दावी छ ।

विश्वका कतिपय मुलुकले स्यानेटरी प्याडलाई नि.शुल्क गरेका छन भने धेरै मुलुकले आफै उत्पादन गर्ने हुँदा मुल्य सस्तो छ । नेपाल स्यानेटरी प्याडमा भारत तथा तेस्रो मुलुकमा पर निर्भर छ । नेपालमा स्यानेटरी प्याडलाई विलासितको वस्तु मान्दै आएको छ । अति आवश्यक स्यानेटरी प्याड लगायतका सामाग्रीहरु आयातमा १५ प्रतिशत भन्सार महशुल छ ।

त्यसको प्रत्यक्ष असर मुल्यमा पर्ने गर्दछ । नेपालमा उत्पादन भएको स्यानेटरी प्याडको गुणस्तर नुहँदा मुल्य बढि तिरेर भए पनि अन्य मुलुकको स्यानेटरी प्याड प्रयोग गर्नुपर्ने बाध्यता छ । सस्तो र सुलभ मुल्यमा वस्तुको उपभोग गर्न पाउनु हरेक नागरिकको अधिकार हो । त्यसैले स्वस्थ्य जस्तो संवेदनशील विषयमा अझ सबै जिम्मेवार बन्नै पर्छ ।