राजनीति

हामीलाई निर्वाचनमा जान कुनै समस्या छैन : केपी ओली


काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारले असाधारण काम गरेकोले निर्वाचनमा जान समस्या नभएको बताउनुभएको छ ।

ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा जारी केन्द्रीय कमिटीको बैठकमा उठाइएका प्रश्नको जवाफ दिँदै ओलीले आफ्नो सरकारका पालामा भएको असाधारण कामलाई लिएर जनतामा जान नेताहरुलाई निर्देशन दिनुभयो ।

विपक्षीहरूले षड्यन्त्र गरेर सरकारबाट हटाएको भएपनि आगामी निर्वाचनपछि फेरि सत्तामा फर्किने उहाँको दाबी थियो । वर्तमान सरकार देश र जनताको पक्षमा काम नगरेकोले निर्वाचनमा जान डराएको ओलीको आरोप छ ।