राजनीति

सत्तारुढ गठबन्धनको बैठकमा प्रधानमन्त्रीले मागे मन्त्रीको नाम, राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता गर्न आग्रह


काठमाडौँ – सत्तारुढ गठबन्धनको आज बसेको बैठकले तत्काल मन्त्रिपरिषद् विस्तार गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको छ । सो बैठकमा सरकारलाई एक–दुई दिनभित्रमा पूर्णता दिने गठबन्धनका दलहरूबीच सहमति भएको बताइको छ ।

आज प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको छलफलमा काँग्रेस सभापतिसमेत रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवासहित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपा अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादव, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललगायत उपस्थित हुनुहुन्थ्यो ।

गठबन्धनको छलफलमा सहभागी जसपा नेता महेन्द्र राय यादवले छिट्टै मन्त्रिपरिषद विस्तार गर्ने, गठबन्धनलाई दीगो बनाएर लैजाने जस्ता कुराकानी भएको बताउनुभयो । जसपाले राजनीतिक दल सम्बन्धी अध्यादेश फिर्ता गर्नुपर्ने माग गरिरहेको छ ।