राजनीति

अध्यादेश र मन्त्रालय भागबन्डाबारे बालुवाटारमा सत्तारुढ दलहरूको बैठक


काठमाडौँ – सत्तारुढ दलका शीर्ष नेताहरूले अध्यादेश र मन्त्रिपरिषदलाई पूर्ण दिने विषयमा छलफल गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान भएको बैठकमा अध्यादेश खारेजी र मन्त्रिपरिषदलाई पूर्ण दिने विषयमा छलफल भएको हो ।

बैठकमा प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादव लगायतको सहभागिता छ । सर्वोच्च अदालतले राजनीतिक दल सम्बन्धि अध्यादेशबारे अन्तरिम आदेश जारी नगरेर मन्त्रिपरिषद विस्तारका लागि सजिलो पारिदिएको सत्तारुढ दलका नेताहरुको बुझाइ छ ।