राजनीति

नेकपा समाजवादी स्थानीय तहसम्म मजबुद रहेको अध्यक्ष नेपालको भनाइ


काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी छिट्टै सरकारमा जाने बताउनुभएको छ ।
आज मकवानपुर जिल्लाको सपथ ग्रहण तथा जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एकीकृत समाजवादी छिट्टै सरकारमा सहभागी हुने बताउनुभएको हो । उहाँले आफ्नो पार्टी देशलाई परिवर्तनको दिशामा हिडाउन, लोकतन्त्रलाई जोगाउन र देशको प्रतिष्ठा बचाउनमा क्रियाशिल हुने बताउनुभयो ।

उहाँले गठबन्धनसँग मिल्दै प्रदेशमा पनि संयुक्त सरकार चलाउने बताउनुभयो । एकीकृत समाजवादीको संगठन स्थानीय तहसम्म मजबुद रहेको अध्यक्ष नेपालले बताउनुभयो ।