राजनीति

दक्षिण एसियाली महिला आन्दोलनले गुमायो एक सशक्त अभियान्ता


काठमाडौँ – समानता आन्दोलनकी सशक्त नेतृ महिला अधिकारकर्मी कमला भासिनको शनिबार निधन भएको छ । नारीवादी विचार र अभियानका लागि चर्चित भासिन दक्षिण एसियाली महिला अधिकार अभियानकी महत्वपूर्ण पात्र हुन् । भासिनको निधनले भारत र दक्षिण एसियाली क्षेत्रमा मात्र नभई विश्व महिला आन्दोलनका लागि ठूलो क्षति हो ।

महिला आन्दोलनकी एक सशतm नक्षत्र कमला भासिनले यस संसारबाट विदा लिएकी छिन । नारीवादी सामाजिक अभियन्ता तथा महिला अधिकारकर्मी कमला भासिनको ७५ वर्षको उमेरमा निधन भएको हो । उनको निधन भारतीय महिला आन्दोलनका क्षेत्रमा मात्र नभई दक्षिण एसियाली महिला आन्दोलनका लागि ठुलो क्षति हो । महिला अधिकार प्राप्तीका लागि भासिनको योगदानको गुनगान सायदै अपुग होला । भासिनको निधनले समग्र महिला अधिकार र आन्दोलनको क्षेत्रमा ठुलो धक्का पुगेको छ । भासिनको निधनले भारतको मात्र नभइ दक्षिण एसियाको महिला आन्दोलनमा अपूरणीय क्षति पुगेको अधिकारकर्मीहरूले बताएका छन् ।

सन् १९५६ अप्रिल २४ तारिखमा हाल पाकिस्तानमा पर्ने तत्कालीन मन्दिबाहुद्दिन जिल्लामा भएको थियो । राजस्थान युनिभर्सिटीबाट स्नातकोत्तर गरेपछि जर्मनीको मन्स्टर युनिभर्सिटीबाट विकास समाजशास्त्रमा उच्च शिक्षा अध्ययन गरेकी भासिन सन् १९७० देखि नै महिला अधिकार र समानताका पक्षमा वकालत गरिरहेकी थिइन । १९७६ देखि २००१ सम्म संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठनमा कार्यरत उनी संयुक्त राष्ट्रसंघबाट राजीनामा दिएर ’संगत’ नामक दक्षिण एसियाली संजाल स्थापना गरी भारतमा मात्र नभई दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिवी निवारण, मानव अधिकार र शान्तिको लागि उनको योगदान अतुलनिय छ ।

कमलाका लेखहरुमा पनि सामाजिक विभेदको विद्रोह पाइन्छ । महिला र पुरुषबीचको विभेदलाई खरो विश्लेषण गर्थिन । भासिनका ‘लाफिङ म्याटर्स’,‘एक्स्प्लोरिङ मस्कुलिनिटी’‘बोर्डर्स एन्ड बाउन्ड्रिज वुमन इन इन्डियाज् पार्टिसन’, ‘ह्वाट इज पेट्रियार्क’ जस्ता कृतिहरु प्रकाशित छन । ‘क्युँ कि मैं लड्की हुँ मुझे पढ्ना हैं’ कविताको चर्चा अझ व्यापक छ । समाजमा रहेका गरिबी, वर्ग संघर्ष हुँदै पितृसत्ता र पितृसत्ता भित्र महिला पुरुषको सम्बन्ध र विभेदवारे बुझ्दै सामाजिक विद्रोह गर्ने कमै पात्रामा भासिन पर्छिन । समानता र महिला अधिकारका क्षेत्रमा भासिनको विद्रोह र समाज परिवर्तनका लागि उनले खेलेको भुमिका साँच्चै उदाहरणीय मानिन्छ ।