राजनीति

विधान महाधिवेशनको तयारी स्वरुप एमाले केन्द्रीय कमिटी बैठक जारी


काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि जारी छ । विधान महाधिवेशनको तयारी स्वरुप एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको हो ।

केन्द्रीय कमिटीले पारित गरेको विधानको मस्यौदा विधान महाधिवेशनमा पेश गरिने छ । केन्द्रीय कमिटीमा १० वटा समुह बनाएर समूहगत छलफल थालिएको छ । ७ प्रदेश इन्चार्जसहितको ७ समूह, विभागीय प्रमुख, फाँट प्रमुख, उपप्रमुख, विशेष तथा सम्पर्क मञ्च गरी १० वटा समूह बनाइएको छ ।

यसअघि शुक्रबारको बैठकमा अध्यक्ष केपी ओलीले १० बुँदे सहमति कार्यान्वयनमा देखिएका जटिलता नेतृत्व तहमा छलफल गरेर टुंग्याइने बताउनुभएको थियो । ओलीले बैठकमा पेश भएको प्रतिवेदनमा रचानात्मक सुझाव दिन नेताहरुलाई आग्रह गर्नुभएको थियो ।