राजनीति

युवा संघले गर्ने कार्यक्रममा खादा माला प्रयोग नगर्ने


काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपालले आफ्नो कुनै पनि कार्यक्रममा खादा माला प्रयोग नगर्ने भएको छ । बुद्धनगरमा बसेको केन्द्रीय कमिटी बैठकबाटै खादा माला प्रयोग गर्न छाडेको प्रवक्ता सञ्जीव राईले जानकारी दिए ।

राईका अनुसार युवा संघको केन्द्र, प्रदेशदेखि सबै संगठनले गर्ने कार्यक्रममा खादा माला प्रयोग नगर्ने र कार्यक्रमको शैली पनि परिवर्तन गर्ने निर्णय गरेको बताए । अनुत्पादक र अनावश्यक भएकाले खादा माला प्रयोगको प्रचलन तोड्ने उनले बताए । अब युवा संघको कार्यक्रममा अध्यक्ष मात्रै अगाडि बस्नेछन् । अतिथिहरु सहभागीहरुसँग बस्नेछन् ।

बिहीबार सुरु भएको बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपाल सहभागीहरुसँगै बसेका थिए ।