समाचार

नारायणहिटी संग्रहालयबाट श्रीपेच चोर्ने प्रयास, १ जना पक्राउ


काठमाडौँ – नारायणहिटी राजदरबार संग्रहालयबाट श्रीपेच चोर्ने प्रयास भएको छ । प्रहरीले श्रीपेच चोर्ने प्रयास गरेका १ जनालाई पक्राउ गरेको छ ।

रुकुम घर भएका काठमाडौँ म्हैपी बस्ने खिमबहादुर घर्तीले श्रीपेच राखिएको शोकेस फुटाएको संग्रहालयले जनाएको छ ।

नारायणहिटी संग्रहालयका कार्यकारी निर्देशकभेषनारायण दाहालका अनुसार २ बाई ३ को शोकेस फुटाउने प्रयास भएको र सेन्सरले गर्द सेनाले तुरुन्त थाह पाएको बताउनुभयो ।

घर्तीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ । घर्ती हालै बहराइनबाट नेपाल फर्केका हुन् ।