राजनीति

महासभाको पूर्वसन्ध्यामा प्रधानमन्त्री देउवाको सम्बोधन (भिडियोसहित)


काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले सन् २०२२ को अप्रिलसम्ममा ८० प्रतिशत नेपालीलाई कोभिडविरुद्धको खोप लगाइसक्ने बताउनुभएको छ । गएराति अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गर्नुभएको सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताउनु भएको हो ।
देउवाले कोभिड १९ महामारी नियन्त्रण गर्न सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो । राष्ट्रपति बाइडेनले राष्ट्रसंघीय महासभाको पूर्वसन्ध्यामा आयोजना गर्नुभएको सो भर्चुअल सम्मेलनमा नेपाललगायतका अन्य राष्ट्र प्रमुखहरुले पनि सम्बोधन गरेका थिए । शनिबार आयोजना हुने राष्ट्रसंघीय महासभाको ७६ औं सत्रलाई १९३ देशका सरकार प्रमुख र राष्ट्र प्रमुखहरुले सम्बोधन गर्दैछन् ।