राजनीति

सत्तारुढ गठबन्धनको बैठका आज पनि बस्दै


काठमाडौँ – सत्तारुढ गठबन्धन दलहरूको बैठक मन्त्रीको भागबण्डा मिलाउन नसकेपछि आज पुनः बस्ने भएको छ । बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले गठबन्धन दलबीच मन्त्रीको भागबण्डामा कुरा नमिलेपछि आज पुनः बस्ने गरी बैठक सकिएको हो ।

बैठक अपरान्ह बस्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिनुभयो । कुन दलले कति मन्त्रालय पाउने भन्ने टुंगो लाग्न बाँकी रहेको छ । सरकार गठन भएको दुई महिना पुगिसक्दा पनि अहिलेसम्म मन्त्रिपरिषद्ले पूर्णता पाएको छैन् । गत २९ असारमा नियुक्त भएका प्रधानमन्त्री शेरवहादुर देउवाको मन्त्रिपरिषद्मा कांग्रेसबाट चार जना र माओवादी केन्द्रबाट दुई जना मन्त्री मात्र सहभागी छन् ।