राजनीति

ओली–प्रचण्ड नै ठूलो पार्टी बन्ने दौडमा, कम्युनिष्ट नेतामा देखियो कालीदास प्रवृत्ति


काठमाडौँ – सैद्धान्तिक मतभेद भन्दा पनि पदीय भागबन्डामा कुरा नमिल्दा नेपालका कम्युनिष्टहरु फुट्ने गरेका छन् । जनमतको अपमान गर्दै बहुमत सहितको सरकारको अस्तित्व मेटाएका कम्युनिष्ट नेताहरु पछिल्लो समय एकले अर्कालाई खुल्याउनमा व्यस्त छन् ।
विकास र समृद्धिको नारा सहितजनतामाझ गएको नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएपछि बनेको नेकपाले झण्डै दुई तिहाइ जनमत प्राप्त गर्यो । यसले लामो राजनीतिक संक्रमणको अन्त्य गर्दै बहुमत सहित स्थायी सरकार मात्र गठन भएन विश्वको दोस्रो ठुलो कम्युनिष्ट शतिm समेत बन्न सफल भए ।
तरशीर्ष नेताहरुको आन्तरिक विवाद र पदिय स्वार्थका कारण नेकपा विभाजित भयो । तत्कालिन नेकपा एमाले र माओवादीकै हैसियतमा फर्कियो। एमालेबाट छुट्टिएर वरिष्ठ नेता माधव नेपालले नेकपा एकीकृत समाजवादी खोले । पार्टीगत रुपमा आ–आफ्नो राजनीतिक बाटो तय गरे पनि ती सबै दलको उदेश्य एकले अर्कालाई कमजोर पार्नेमै केन्द्रत देखिन्छ ।

प्रचण्ड नेतृत्वको माओवादी केन्द्र र एमालेबाट विभाजितपछि माधवकुमार नेपालको नयाँ पार्टी नेकपा एकिकृत समाजवादीलाई कमजोर पार्न ओलीको सक्रियता बढेको छ । माधव कुमार नेपाल र प्रचण्डलाई कटाक्ष गरिरहेका ओलीले एमाले विभाजनको कारक तत्व नेपाल र प्रचण्ड भएको बताउँदै आएका छन् । उनले आगामी निर्वाचनमा नेकपा एमाले जसरी पनि ठुलो शतिm बन्ने ठोकुवा पनि गर्दै आएका छन् ।
नेताहरुबीच पछिल्लो समय हरेक सार्वजनिक मञ्चमा एकले अर्कालाई गिराउने र आफुलाई राम्रो देखाउने होडवाजी नै चलेको छ । सबै नेता आफ्नो दुनो सोझो गर्नमा तल्लिन छन् । राम्रो भएको प्रचार मात्र होइन आगामी निर्वाचनमा ठुलो शतिm बन्ने दावी समेत गर्दै आएका छन ।

नेताहरुको यो राजनीतिक शैली कालिदाश प्रवृत्ति भएको विश्लेषण हुन थालको छ । एकले अर्कालाई सिद्धाएर आफु माथि जाने राजनीतिक दाउ गलत छ । ढिलो चाँडो नेपालको कम्युनिष्टहरु एकजुट नभए राजनीतिबाट नै विलय भएर जाने कतिपयको तर्क छ ।

सात दशक लामो इतिहास बोकेको नेपाली कम्युनिष्ट आन्दोलन सँधै टुटफुटबाट प्रतारित रहँदै आएको छ । फुटको अनगिन्ती श्रृङ्खलाहरुमा सैद्धान्तिक मतभेद भन्दा पनि पदिय भागबन्डा नै फुटको मुख्य कारण बन्दै आएको छ ।बहुमत प्राप्त सरकार गठन गरे पनि व्यतिmगत स्वार्थका कारण पार्टी टुक्रा टुक्रा पारेका नेताहरु अझै पनि आफ्नो पार्टी आगामी निर्वाचनमा ठुलो शतिm बनाउने हावादारी गफमा व्यस्थ छन् ।

मुलुक र नागरिकप्रतिको दायित्व भुलेर पुन स्वार्थकै राजनीतिमा केन्द्रित छन । यस्तो अवस्थामा आम नागरिकको विवेकले आगामी निर्वाचनको परिणमलाई प्रभावित पार्ने देखिन्छ ।