राजनीति

चिनियाँ राजदूत यान्छी र प्रधानसेनापति शर्माबीच भेटवार्ता


काठमाडौँ – नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी र प्रधानसेनापति प्रभुराम शर्माबीच भेटवार्ता भएको छ । प्रधानसेनापति शर्मालाई भेटन राजदूत यान्छी बुधबार जंगी अड्डा पुग्नुभएको हो । चिनियाँ राजदूत यान्छी र प्रधानसेनापति शर्माबीच नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीचको सैन्य अभ्यास, सैनिक सहायतालगायत विषयमा छलफल भएको सैनिक स्रोतले बताएको छ ।

नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीचको संयुक्त सैन्य अभ्यास रोकिएको छ । कोरोना संक्रमणको जोखिमका कारण नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीचको सैन्य अभ्यासको मिति नतोकिएको दुवै पक्षले बताएका छन् । संयुक्त सैन्य अभ्यासको मिति तय भइनरहेको अवस्थामा चिनियाँ राजदू यान्छी र प्रधानसेनापति शर्माबीच भएको भेटलाई अर्थपूर्णरुपमा हेरिएको छ ।