समाचार

शेर्पा सञ्चार समूह ओखलढुंगाले समाचार लेखन तालिम सञ्चालन गर्दै


काठमाडौँ – शेर्पा सञ्चार समूह नेपाल जिल्ला शाखा ओखलढुंगाले एक हप्ते आधारभूत समाचार लेखन तालिम सञ्चालन गर्ने भएको छ ।

संस्थाले पत्रकारिता क्षेत्रमा रुचि राख्ने युवाहरुलाई लक्षित गरि तालिम संञ्चालन गर्न लागिएको संस्थाका उपाध्यक्ष तथा कार्यक्रम संयोजक छोटी शेर्पाले योहो खबरलाई जानकारी दिनुभयो । शेर्पाका अनुसार तालिमको सहजिकरण पत्रकार रामनाथ घिमिरेले गर्ने बताउँनुभयो । विभिन्न सञ्चार माध्यममा काम गरी अनुभव प्राप्त प्रशिक्षकबाट तालिम दिइने भएको हुदा कार्यक्रम प्रभावकारी हुने आशा राखिएको कार्यक्रम संयोजक शेर्पाले बताउँनुभयो ।

संस्थाका अध्यक्ष दावा जाङबु शेर्पाले सञ्चारमाध्यममा आदिवासी जनजातिको उपस्थिति न्यून हुने गरेको र शेर्पा समुदायको सहभागिता अझ कम रहेकाले उनीहरूलाई प्रोत्साहन गर्न तालिम आयोजना गरेको बताउँनुभयो । शेर्पा समुदायको बसोबास रहेको खिजीदेम्बा–५ मा सञ्चालन हुने तालिममा इच्छुक सबैले आवेदन फाराम पेश गर्न सक्ने अध्यक्ष शेर्पाले बताउँनुभयो ।

तालिममा पत्रकारिताको परिचय, समाचार लेखन विधि, फिचर लेखन, पर्यटन र अनलाईन पत्रकारिता विषय प्रशिक्षित गरिने छ ।
शेर्पा संञ्चार समूह नेपालले आफ्नो बार्षिक कार्यक्रम अन्तर्गत नियमित रुपमा समाचार लेखन तालिम, फोटो पत्रकारिता, उद्घोषणलगायत सञ्चारसँग सम्बन्धित विभिन्न तालिमहरु प्रदान गर्दै आईरहेको छ ।

शेर्पा समुदायमा सञ्चारमाध्यमको महत्व र आवश्यक्ताका विषयमा सचेतना र जागरण सम्वन्धी कार्यक्रमहरु आयोजना गर्दै आएकोछ । संस्थाले विशेष गरी मूलधारका मिडियामा शेर्पा समुदायको उपस्थिती बढाउन तालिमले भूमिका खेल्ने विश्वास लिएको शेर्पाले बताउनुभयो । असोज १८ गतेबाट सञ्चालन हुने समाचार लेखन तालिममा सहभागी हुन इच्छुक व्यक्तिहरुलाई आवेदन फारम पेश गर्न आह्वान समेत गरेको छ ।