राजनीति

मन्त्रिपरिषद्लाई पूर्णता दिन सत्तारुढ शीर्ष नेताको बैठक बस्दै


काठमाडौँ – मन्त्रिपरिषदलाई पूर्णता दिने विषयमा सत्तारुढ दलका शीर्ष नेताहरुको बैठक बस्दैछ ।
आज साँझ ५ बजे गठबन्धनमा रहेका दलहरूको बैठक बोलाइएको छ । मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे बैठकमा छलफल हुने एक नेताले जानकारी दिए ।

हिजो पनि गठबन्धन दलको बैठक बसेको थियो । हिजोको बैठकमा माओवादीबाट मात्रै भए पनि मन्त्रीहरू सहभागी गराउन प्रचण्डले देउवालाई दबाब दिएका थिए । मन्त्रीको नाम टुंगो लगाउन माओवादी स्थायी समितिको बैठक पेरिसडाँडामा जारी छ ।