राजनीति

कोइराला निवासमा पौडेल पक्षको बैठक,देउवाविरुद्ध रणनीति बनाउने


काठमाडौँ – नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बुधबार दिउँसो १ बजे महामन्त्री शशांक कोइराला निवासमा बठैक बस्ने तय भएको छ । महाराजगञ्जस्थित कोइराला निवासमा पौडेल पक्षको बैठक बस्न लागेको हो ।

प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवाले नेता डा.नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाएको र देउवा एकलौटी अगाडि बढ्न खोजेको भन्दै पौडेल पक्ष आन्तरिक छलफलमा जुट्दै छ । यसअघि पनि देउवाले आफू पक्षीय नेतालाई मात्र मन्त्री बनाएकोमा पौडेल पक्ष असन्तुष्ट देखिएको थियो । उनले आफू निकट बालकृष्ण खाँणलाई गृह, ज्ञानेन्द्र कार्कीलाई कानुन र उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनाएका थिए ।आज दिउँसो ३ बजे नै काँग्रेसको पदाधिकारी बैठक पनि बस्दै छ ।

परराष्ट्रमन्त्रीमा पौडेल पक्षबाट सुजाता कोइराला र मिनेन्द्र रिजालको दाबी थियो । उद्योगी विनोद चौधरीले पनि इच्छा राखेका थिए ।