राजनीति

नारायण खड्काले परराष्ट्र मन्त्रालय सम्हाल्दै


काठमाडौँ – कांग्रेस नेता नारायण खड्काले परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हाल्नुहुने भएको छ । सत्ता गठबन्धनको बैठकमा खड्कालाई परराष्ट्रमन्त्री बनाउने सहमति जुटेको हो ।
खड्काले आजै सपथ लिने तय गरिएको छ । कार्यभार सम्हालेपछि खड्का नेपाली टोलीको नेतृत्व गर्दै संयुक्त राष्ट्रसंघको महासभामा जानुहुने छ । उदयपुर १ बाट निर्वाचित ७२ वर्षे खड्का कांग्रेसका केन्द्रीय सदस्य हुनुुहुन्छ । अर्थशास्त्रमा विद्यावारिधी गरेका खड्का यसअघि सहरी विकासमन्त्री बन्नुभएको थियो ।