राजनीति

सत्ता गठबन्धनमा सर्वसम्मत निर्णय : नारायण खड्का परराष्ट्रमन्त्री, सपथ भोलि


काठमाडौँ – सत्तारुढ गठबन्धनले काँग्रेस नेता डा। नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने निर्णय गरेको छ । बालुवाटारमा बसेको गठबन्धनले सो निर्णय गरेको बैठकमा सहभागी एक नेताले बताए । खड्काको सपथ भोलि हुने भनिएको छ ।

प्रधानमन्त्री शेर बहादुर देउवाको अध्यक्षतामा गठबन्धनका शीर्ष नेताहरुको बैठक साँझ साढे ६ बजेदेखि छलफलमा जुटेका छन् । बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु, नेपाली काँग्रेस महामन्त्री पूर्ण बहादुर खड्का, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, डा। बाबुराम भट्टराई, नेकपा ९एकीकृत समाजवादी०का अध्यक्ष माधव कुमार नेपाल, राष्ट्रिय जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेल लगायतको उपस्थिति रहेको छ। आज नै अन्य मन्त्रीहरुको टुंगो लाग्ने बताइएको छ ।