राजनीति

कांग्रेसको काठमाडौँ वडा अधिवेशन : नेतृत्व चयन सर्वसम्वतदेखि र निर्वाचनसम्म


काठमाडौँ – लामो विवादपछि काठमाडौँसहित विभिन्न ७ जिल्लामा मंगलबार नेपाली काँग्रेसको वडा अधिवेशनको शूरु भएको छ । सबै भन्दा धेरै निर्वाचन क्षेत्र र धेरै क्रियाशील सदस्यता रहेको काठमाडौको वडा अधिवेशनलाई विशेष महत्वका साथ हेरिएको छ ।

छैटौँ पटक मिति परिमार्जन सहित पार्टीको १४ औं महाधिवेशनमा होमिएको नेपाली कांग्रेसले गुटगत विवादलाई पन्छाउँदै क्रमश वडा अधिवेशन सम्पन्न गरिरहेको छ । पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच क्रियाशिल सदस्यता विवादले आसन्न महाधिवेशन नहुने त होइन भन्ने शंका धेरैमा उब्जाएको थियो ।

यद्यपि विवादकै बीच पनि जारी वडा अधिवेशनले कांग्रेसको आसन्न महाधिवेशन मंसिर ९ मा हुने संकेत देखाएको छ । अझै केहि जिल्लामा विवाद रहे पनि काठमाडौका सम्पन्न वडा अधिवेशनले थप दिशा निर्देश गरेको छ । सबैभन्दा धेरै निर्वाचन क्षेत्र र धेरै क्रियाशील सदस्य रहेको काठमाडौको वडा अधिवेशन महत्वपूर्ण मानिन्छ । पार्टीभित्रको गुटगत विवाद स्थानीय तहदेखि केन्द्रसम्म हावी छ । यसको प्रत्यक्ष प्रभाव वडा तहको नेतृत्व चयनमा पनि स्पष्ट देखिएको छ । जारी अधिवेशनबाट कांग्रेसभित्रको गुटगत राजनीति स्थानीय तहदेखि केन्द्रसम्म अझ फष्टाउने देखिन्छ ।

काठमाडौँमा कतिपय स्थानमा सर्वसम्मत त कतिपय स्थानमा निर्वाचन मार्फत वडा अधिवेशन भैरहेको छ । राजनीतिप्रति युवाहरुको चासो र सहभागिता बढेका कारण कतिपय स्थानीय तहमा गुटगत नभई व्यक्तिको क्षमताका आधारमा समेत नेतृत्व चयन भएका छन । यो अधिवेशनबाट गुटगत राजनीतिको अन्त्य गर्न मद्धत पुग्ने कतिपयको तर्क छ ।

मंगलबारबाट काठमाडौँ सहित ७ जिल्लामा कांग्रेसले वडा अधिवेशन सुरु भएको छ । केही जिल्लामा सम्पन्न भएपनि केही जिल्लामा अधिवेशन जारी छ । क्रियाशील सदस्यताको टुंगो लगाउन नसक्दा १३ जिल्लाको वडा अधिवेशन भने रोकिएको छ । यसको प्रत्यक्ष प्रभाव असोज ९ गते तय पालिका अधिवेशन समेत प्रभावित हुने देखिन्छ । यद्यपि विवादकै बीच जारी स्थानीय तहको अधिवशेनले कार्यकर्तालाई भने हौसला प्रदान गरेको छ ।