समाचार

शेर्पा इभेन्टले खुम्बु पासाङल्हामु गाउँपालिकामा उद्घोषण तालिम सञ्चालन गर्दै


काठमाडौँ – शेर्पा इभेन्ट अर्गनाइजरले खुम्बु पासाङल्हामु गाउँपालिकामा ६ दिने नेपाली भाषा उद्घोषण तालिम सञ्चालन गर्ने भएको छ ।

संस्थाका महासचिव तथा कार्यक्रम संयोजक पेम्बा शेर्पा समुदायको बसवास रहेको खुम्बु पासाङ गाउँपालिका–३ मा उद्घोषण क्षेत्रमा शेर्पा समुदायको सहभागिता बढाउने तथा लोप हुँदै गएको भाषा–संस्कृतिको संरक्षण गर्ने उद्देश्यका साथ असोज १९ देखि २५ गतेसम्म खुम्बु पासाङल्हामु गाँउपालिका–३ मा तालिम आयोजना गर्न लागेको जानकारी दिनुभयो ।

संस्थाका महासचिव पेम्बा शेर्पाले हिमाली जिल्लाका शेर्पा युवाहरुलाई समाजिक ,राजनैतिक र समुदायको विकास तथा क्षमता अभिवृद्धीमा सहयोग पुर्याउने उदेश्यले उद्घोषण तालिम संञ्चालन गर्न लागिएको योहो खबरलाई बताउनुभयो । उहाँले उद्घोषण क्षेत्रमा शेर्पा समुदायको सहभागीता अझ कम रहेकाले उनीहरूलाई प्रोत्साहन गर्न तालिम आयोजना गरेको बताउनुभयो ।

शेर्पा समुदायको बसोबास रहेको खुम्बु पासाङ ल्हामु–३ मा तालिम सञ्चालन गर्दा समाजमा आयोजना हुने विभिन्न कार्यक्रम सञ्चालन गर्न आवश्यक उद्घोषक उत्पादन र यस क्षेत्रको विकासको कार्यमा संरक्षण तथा प्रवर्दन कार्यमा टेवा पुग्ने बताउनुभयो ।
शेर्पाले उद्घोषण तालिममा सहभागी हुन इच्छुक व्यक्तिहरूलाई आवेदन फाराम पेश गर्न आह्वान गरेको छ ।