राजनीति

ओलीले नियुक्त गरेका राजदूत फिर्ता बोलाउने सरकारको निर्णय


काठमाडौँ – केपी शर्मा ओली नेतृत्वको सरकारले राजनीतिक कोटाको आधारमा नियुक्त गरेका राजदूतहरुलाई फिर्ता बोलाएको छ ।

मंगलबार बसेको प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता तथा कानुन न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।

राजनीतिक नियुक्त गरिएका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय भएको छ’ कार्कीले भने ।

यस्तै, मन्त्रिपरिषद्ले कोभिड १९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृत प्रदान गर्ने, औषधि ऐन २०३५ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृती प्रदान गर्ने र कोभिड १९ व्यवस्थापन आदेश २०७८ स्वीकृत गर्ने र संयुक्त राष्ट्रसंघको ७६ औँ महासभामा भाग लिन जाने प्रतिनिधि मण्डलको गठन गर्ने निर्णय गरेको उनले जानकारी दिए ।