देश

हस्तकला सामग्रीभित्र लागू औषध राखेर ओसारपसार गर्ने नौं जना गिरोह पक्राउ


काठमाडौँ – हस्तकला सामग्रीभित्र लागू औषध चरेश राखेर ओसारपसार गर्दै आएका नौं जना गिरोह पक्राउ परेका छन् । नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी हस्तकलाका सामग्रीभित्र चरेश राखेर ओसारपसार गर्दै आएका ९ जना लाई सार्वजनीक गरेको हो । उनीहरुको साथबाट कतार पठाउन हस्तकलाको सामानमा प्याक गरि राखेको ७ केजी ६१४ ग्राम चरेश बरामद गरिएको पनि व्यूरोका प्रमुख एसएसपी हृदय थापाले जानकारी दिनु भयो ।

हाते कागजका डायरीहरुमा कतारलगायतका मुलुकहरुमा सो गिरोहले चरेश पठाउने गरेको पाइएको पनि व्यूरोले जनाएको छ । यस अघि उनीहरुले यसरीनै अचारको भाडोमा समेत चरेश राखेर भारत हुँदै हङकङ, थाईल्याण्ड, टर्की लगायतका देशहरुमा पनि ओसार पसार गर्दै आएको प्रहरीले जनाएको छ ।