राजनीति

एकीकृत समाजवादीको बैठकमा माधव नेपालद्वारा राजनीतिक प्रतिवेदन पेश


काठमाडौँ – नेकपा एकीकृत समाजवादीको पहिलो केन्द्रीय कमिटी बैठक सकिएको छ । बानेश्वरको बुद्धनगरस्थित क्वालिटी बैङ्क्वेटमा आयोजना गरिएको बैठकमा राजनीतिक प्रतिवेदन पेश भएको छ । बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन पेश गर्नुभएको हो ।

प्रतिवेदनमाथि समूहगत छलफल हुने र त्यसको निष्कर्ष भोलिको बैठकमा पेश हुने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताउनुभयो । उहाँका अनुसार ३ महिने संगठन सुदृढीकरण तथा पार्टी पुनर्जागरण अभियान चलाउने पार्टीको तयारी छ ।

केन्द्रिय कमिटी बैठकमा निर्णय सुनाउँदै खतिवडाले निर्वाचन आयोगमा सनाखत गरेका ११६ जना र त्यसपछि थपिएका केन्द्रीय कमिटी सदस्यहरुले सपथ लिएको बताउनुभयो । साथै केन्द्रीय कमिटी विस्तार, कार्य विभाजन लगायत अन्य विषयमा छलफल भएको उहाँले बताउनुभयो ।