समाचार

शेर्पा संघ दक्षिण कोरियाको अध्यक्षमा थुतुङ गेल्जी शेर्पा सर्वसम्मत निर्वाचित


काठमाडौँ – शेर्पा संघ दक्षिण कोरियाको अध्यक्षमा थुतुङ गेल्जी शेर्पा सर्वसम्मत निर्वाचित हुनुभएको छ । दक्षिण कोरियामा सोमबार भएको चौथो महाधिवेशनबाट शेर्पा सर्वसम्मत निर्वाचित हुनुभएको हो ।

जनजाति महासंघ कोरियाको अध्यक्ष युगेल तेन्डुप शेर्पाको प्रमुख अतिथ्यतमा सोमबार सम्पन्न चौथो महाधिवेशनबाट थुतुङ गेल्जी शेर्पालाई अध्यक्षमा सर्वसम्मत निर्वाचित भएको निर्वतमान अध्यक्ष पासाङ शेर्पाले योहो खबरलाई जानकारी दिनुभयो ।

वरिष्ठ उपाध्यक्षमा आङ सोनाम शेर्पा, महिला उपाध्यक्षमा पेम लक्की शेर्पा, महासचिवमा ङवाङ शेर्पा शेर्पा, साँस्कृतिक बिभाग प्रमुखमा आङ ङिमा शेर्पा र सदस्यमा दिकी शेर्पा निर्वाचित हुनुभएको छ । अरु सदस्यहरु भने पछि थप गर्ने निर्णय भएको निर्वतमानअध्यक्ष पासाङ शेर्पाले जानकारी दिनुभयो ।

चौथो महाधिवेशन तथा ८ औँ साधारणसभाको उद्घाटन जनजाती महासंघ कोरियाको अध्यक्ष युगेल तेन्डुप शेर्पाले गर्नुभएको थियो । अध्यक्षले शेर्पा समुदायको भाषा साँस्कृतिको विकासका निम्ति आफुले सक्ने सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।

शेर्पा समुदायको भाषा, साँस्कृतिको जर्गेन र उत्प्रेरण साथै संगठित गराउन स्थापना भएको शेर्पा संघ दक्षिण कोरियाले अहिले संस्थाको लक्ष्य प्राप्तीमा निरन्तर सफल भइरहेको निर्वतमान अध्यक्ष पासाङ शेर्पाले बताउनुभयो । उहाँले भन्नुभयो ‘विधि र विधान अनुरुप निर्वाचित भएको कार्यसमितिले समुदायको संगसंगै संस्थाको विकास तथा विस्तारमा निश्पक्ष र तटस्थ भएर संस्थाका पदाधिकारीहरुले आ–आफ्नो भूमिका निर्वाह गर्नेछौँ ।’

संघले नेपालमा विभिन्न संघसंस्थाले आयोजन गर्ने कार्यक्रममा आर्थिक सहयोग गर्दै गर्दै आएको छ । कोरोनाको कारणले प्रत्यक्ष भेला तथा सम्मेलन गर्न बन्देज रहेकोले भर्चुअल माध्यममार्फत अधिवेशन गर्न परेको निवर्तमान अध्यक्ष शेर्पाले बताउनुभयो ।