राजनीति

एमालेको विरोधका बीच राष्ट्रिय सभामा टेबल भयो बजेट


काठमाडौँ – प्रतिनिधिसभामा पारित विनियोजन विधेयक २०७८ राष्ट्रियसभामा पनि टेबल भएको छ ।

राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सेनाले राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँललाई प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विधेयक सभामा टेबल गर्न अनुमित दिए । बजेट टेबल भएसँगै आज बसेको राष्ट्रियसभाको बैठक स्थगित भएको छ । विपक्षी दलका सांसदहरुले बैठकमा विरोध जनाएपछि १५ मिनेटको लागि स्थगित भएको हो ।

अर्को बैठक शुरू भएपछि विनियोजन विधेयक अघि बढाइने छ । विधेयक राष्ट्रियसभाबाट पनि पारित भएपछि सरकारलाई खर्च गर्ने बाटो खुल्नेछ ।