राजनीति

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेद्वारा सभामुख अग्निप्रसाद सापकोटाको राजीनामा माग



काठमाडौँ – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटाको राजीनामा माग गरेको छ ।

आजको राष्ट्रियसभाको दोस्रो बैठकमा बोल्दै एमालेका सांसद भैरवसुन्दर श्रेष्ठले पदीय मर्यादा कायम गर्न नसकेको भन्दै सभामुख सापकोटाको राजीनामा माग गर्नु भएको हो । बैठक सुरु हुनासाथ सदा झैं एमालेका सांसदहरुले उठेर बैठक अवरोध गरेका थिए ।

त्यसपछि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सांसद श्रेष्ठलाई बोल्ने अनुमति दिनु भएको थियो । त्यसपछि बोल्न सुरु गर्नु भएका सांसद श्रेष्ठले आफ्नो पार्टीले दलको अनुशासन तोडेका १४ जना सांसदहरुलाई कारबाही गरेको सिफारिस अनुसार उनीहरुलाई पदमुक्त नगरेर सभामुख सापकोटाले पदीय मर्यादालाई कायम गर्न नसकेको आरोप समेत लगाउनु भयो ।

उहाँले संविधान विपरित, संसदको मर्यादा विपरित आफ्नो दलले कारबाही गरेर १४ जना सांसदहरुलाई पदमुक्त नगरेसम्म राष्ट्रियसभा पनि चल्न नदिने स्पष्ट पार्नु भयो ।्