विदेश

राष्ट्रपति भ्लादिमिर पुटिनको युनाइटेड रसिया पार्टी विजयी


काठमाडौँ – रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको युनाइटेड रसिया पार्टी विजयी भएको छ । यद्यपि अघिल्लो निर्वाचनको तुलनामा मत भने कम आएको छ ।

सन् २०१६ को संसदीय निर्वाचनमा पुटिनको पार्टीले ५४ प्रतिशत मत पाएको थियो । निर्वाचनमा ठूलो मात्रामा धाँधली भएको आरोप लागेको छ । यद्यपि निर्वाचन आयोगले सो आरोप खण्डन गरेको छ ।

संसदीय निर्वाचनको अधिकांश मतगणना सकिँदा पुटिनको युनाइटेड रसिया पार्टीले करिब ५० प्रतिशत मत हासिल गरेको छ । अघिल्लो निर्वाचनको तुलनामा यो केही कम मत हो ।

निर्वाचन आयोगका अनुसार दोस्रो स्थानमा रहेको कम्युनिस्ट पार्टीले १९ प्रतिशत मत पाएको छ । कम्युनिस्ट पार्टीको करिब ८ प्रतिशत मत बढेको छ । अधिकारीहरुका अनुसार ४५० सिट भएको संसदमा पुटिनको पार्टीले करिब दुई तिहाई बढी बहुमत आउने देखिएको छ